काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतान्त्रिक संस्कृति र सामाजिक न्यायको जगमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने बताउनुभएको छ।
शान्तिपूर्ण मार्गबाट नै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा हुने महासचिव पोखरेलले बताउनुभएको छ।समाजवादमा पुग्ने सैद्धान्तिक आधार जनताको बहुदलीय जनवाद भएको उहाँको धारणा छ।

महासचिव पोखरेलले जनताको बहुदलीय जनवादको मौलिक सोचलाई गहिरोसँग आत्मसात् गरेर मात्र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने महासचिव पोखरेलले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ।
‘शान्तिपूर्ण मार्ग, लोकतान्त्रिक संस्कृति र सामाजिक न्यायको जगमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका पूरा गर्दै समाजवादमा पुग्ने सैद्धान्तिक आधार होस् जनताको बहुदलीय जनवाद, जनताको बहुदलीय जनवादको मौलिक सोचहरूलाई गहिरो गरी आत्मसात् गरौँ’, सामाजिक सञ्जालमा महासचिव पोखरेलले लेख्नुभएको छ।
प्रतिक्रिया