अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले अछामको अध्यक्षमा शिवप्रसाद उपाध्याय सर्वसम्मत

एमाले अछामको अध्यक्षमा शिवप्रसाद उपाध्याय सर्वसम्मत


अछाम-नेकपा एमाले अछामको अध्यक्षमा शिवप्रसाद उपाध्याय सर्वसम्मत चयन हुनुभएको छ। मंगलबार सम्पन्न नवौं जिल्ल्ला अधिवेशन उपाध्यायको नेतृत्वमा ८७ सदस्यीय नयाँ कमिटी निर्विरोध चयन गरेको हो। नवनिर्वाचित अध्यक्ष उपाध्याय हाल एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सचिवालय सदस्य  हुनुहुन्थ्यो।

नवौं जिल्ल्ला अधिवेशनबाट उपाध्यक्षमा तिलक कुँवर, सचिवमा हिरण्ड भट्टराई, सहसचिवमा गौमती शाही र टोपबहादुर शाही निर्वाचित हुनुभएको छ ।यस्तै जिल्ला कमिटीको सदस्यमा खुला, महिला र युवा दशवटै स्थानीय तहको प्रतिनिधित्व हुने गरेर ६७ जना, समावेशीतर्फको दलित, आदिवासी जनजाति, अल्पसंख्यक, अपाङ्गताबाट ११ जना जिल्ला कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । 

बन्दसत्रले लक्ष्मीकुमारी बोगटीको संयोजकत्वमा चार सदस्यीय समिति पनि गठन गरिएको छ । जिल्ला अध्यक्षमा पदमा उपाध्यायसहित निवर्तमान अध्यक्ष चन्द्र बोहरा र सुदूरपश्चिम प्रदेश कमिटीका पूर्वसदस्य बमबहादुर बिसीको पनि अन्तिमसम्म दावी रहेको थियो । 

नेकपा एमाले अछामको नवौं जिल्ला अधिवेशनलाई शनिबार सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बा, केन्द्रीय सदस्य झपटबहादुर बोहरा, कमल तिमिल्सेना र यज्ञ बोगटी लगायतले सम्बोधन गर्नुभएको थियो । नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई मंगलबार राति नै शपथ ग्रहण गराइएको छ।