अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनसांस्कृतिक महासंघको अध्यक्षमा भूमिका सुब्बा

जनसांस्कृतिक महासंघको अध्यक्षमा भूमिका सुब्बा


काठमाडौं-नेकपा एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको अध्यक्षमा भूमिका सुब्बा निर्बिरोध निर्वाचित हुनुभएको छ।

आज सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनले सुब्बाको नेतृत्वमा ९९ सदस्यीय सर्वसम्मत केन्द्रीय कमिटी चयन गरेको हो।
महाधिवशेनमा अध्यक्ष प्रेमनाथ अधिकारीले सुब्बालाई अध्यक्षका लागि प्रस्ताव गर्नुभएको थियो। यसअघि कार्यसमितिका उपाध्यक्ष सुब्बा लामो समयदेखि जनसांस्कृतिक महासंघमा आवद्ध रहनुभएको छ। उहाँ पूर्वमन्त्री तथा पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बसन्त नेम्वाङकी पत्नीसमेत हुनुहुन्छ।

महाधिवेशनले उपाध्यक्षमा अशोक राई र नमूना शर्मा, महासचिवमा आरसी शर्मालाई चयन गरेको छ। यसैगरी उपमहासचिवमा होमराज सुवेदी, सचिवमा अमृत खाती, अशोक प्यासी राई, सुवाश मल्ल र पदम रोकायलाई सर्वसममत चयन गरेको छ। महाधिवेशनको उदघाटन बुधवार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो।