अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलको बैठक आज बस्दै, के छन् छलफलका एजेन्डा ?

एमाले संसदीय दलको बैठक आज बस्दै, के छन् छलफलका एजेन्डा ?


काठमाडौं-नेकपा (एमाले)को संसदीय दलको बैठक आज (शनिबार) बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने तय भएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।

संसदीय दलको बैठकमा राष्ट्रपतिले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्नका लागि बस्न लागेको जनाइएको छ।

यस्तै, संसद्मा दलका तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने मुख्य सचेतक बर्तौलाले जानकारी दिनुभयो ।