काठमाडौं-नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अब्दुल खान लगायतका नेताहरू एमालेमा नै फर्कनु भएको छ।
खानसँगै सो पार्टीका केन्द्रीय प्रतिनिधि परिषद् सदस्य ऋषि गजुरेल र वाग्मती प्रदेश सदस्य शैलेन्द्र राउत पुरानै पार्टी नेकपा एमालेमा फर्कनु भएको हो।

उहाँहरूलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई लगायतले पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्नुभएको थियो। कार्यक्रममा नेपा एमाले ललितपुर जिल्लाका केन्द्रीय नेताहरू, जिल्ला अध्यक्षलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो।
महासचिव पोखरेलले नेताहरूलाई पार्टीमा स्वागत गर्दै उहाँहरूको अनुभव र योगदानले एमालेलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। देशको वर्तमान राजनीतिक अवस्थामा एमालेको भूमिका र आगामी कार्यदिशाबारे पनि उहाँले चर्चा गर्नुभयो।
एमालेमा फर्कनु भएको नेताहरूले देशको विकास र समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो। उहाँहरूले एमालेको नीति र विचारबाट प्रभावित भएर आफ्नै पुरानो पार्टीमा फर्किएको बताउनुभयो।


प्रतिक्रिया