अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतहटमा विभिन्न पार्टी परित्याग गरी तीन सय जना एमालेमा प्रवेश

रौतहटमा विभिन्न पार्टी परित्याग गरी तीन सय जना एमालेमा प्रवेश


रौतहट-रौतहटमा विभिन्न दल परित्याग गरी तीन सय जना नेता तथा कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ।

जिल्लाको मध्यभाग गरुडा नगरपालिका–१ जयनगरमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा तीन सय जना विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको हो।

कार्यक्रममा प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजय गुप्ता र गरुडा नगरपालिकाका मेयर कन्थमणिप्रसाद जैसवालले नवप्रवेशीहरुलाई स्वागत गर्नुभयो। कार्यक्रममा प्रदेश सभा सदस्य शेख कलीमुला लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।