अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन: सभापति देउवा

प्रधानमन्त्री ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन: सभापति देउवा

राष्ट्र बैंक भित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिलइ भएको हो


काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिमा कुनै समस्या नभएको बताउनु भएको छ।

मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नभएको जिकिर गर्नुभयो।

राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको सभापति देउवाले स्पष्ट पार्नुभयो। सभापति देउवाले भन्नुभयो, ‘गठबन्धनमा कुनै समस्या छैन। गर्भनरको नियुक्ति ढिलो हुनु राष्ट्र बैंक भित्रकै समस्याले हो।’

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गभर्नर नियुक्त हुन ढिला नभएको पनि प्रष्ट पार्नुभयो। सभापति देउवाले भन्नुभयो, ‘प्रधानमन्त्री केपी शर्मा ओलीका कारणले गर्भनर नियुक्त हुन ढिलो भएको होइन।’

पछिल्लो पटक सभापति देउवा र प्रधानमन्त्री ओलीबीच गभर्नर नियुक्तिमा सहमति भइसकेको बताइएको छ।