काठमाडौं-नेकपा एमालेको जनवर्गीय सङ्गठन भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा इन्द्र तामाङ सर्वसम्मत चयन हुनुभएको छ।
कैलालीको टीकापुरमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा इन्द्र तामाङलाई सर्वसम्मत रुपमा चयन गरेको हो।
यसैगरी उपाध्यक्षहरुमा लिला बिक र राजकुमारी देबी सोनार चयन हुनुभएको छ। त्यस्तै महासचिवमा उमेश आचार्य र उपमहासचिव लोकेन्द्र सिंह एल.बि. चयन हुनुभएको छ। यसैगरी सचिवमा सूर्य कट्टेल, प्रेम बहादुर गुरुङ, लक्ष्मी भट्ट र नारायण शाह चयन हुनुभएको छ।

महाधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गर्नुभएको थियो। महाधिवेशनमा सहभागी हुन देशभरका ६४ जिल्लाबाट करिब ६०० प्रतिनिधिहरू सहभागी भएको थियो।

उद्घाटन समारोहमा महासचिव पोखरेलसहित सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना, कञ्चनपुर इन्चार्ज निरु पाल, लीला भण्डारी, केन्द्रीय सदस्य झापटबहादुर रावल, विष्णु रिजाल लगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।


प्रतिक्रिया