काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुको आज पद तथा गोपनीयताको सपथ भएको छ।
प्रधानमन्त्री सरकारी निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्राडा रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङले सपथ लिनुभएको हो। नयाँ कानुनी व्यवस्थानुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपति ढुंगेलले रजिष्ट्रार चेम्जोङलाई सपथ दिलाउनु भएको हो।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, शिक्षा मन्न्त्रालयका सचिव डा दिपक काफ्लेलगायत उपस्थित हुनुहुन्थ्यो ।



प्रतिक्रिया