अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्रक पल्टिंदा नारायणगढ-मुग्लिन सडक बन्द

ट्रक पल्टिंदा नारायणगढ-मुग्लिन सडक बन्द


काठमाडौं-शनिबार बिहानै तुइनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा मुग्लिन-नारायणगढ सडक बन्द भएको छ।
चितवन प्रहरीका अनुसार शनिबार बिहान करिब ७ बजे वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको कोइला बोकेको ट्रक अनियन्त्रित भई बीच सडकमा पल्टिएको हो।

मधेस प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक पल्टिँदा सडकका दुवै लेन बन्द भएको चितवन प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ।