अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको रेल सेवाको विकास र विस्तारमा ढुक्क भएर लगानी गर्न दक्षिण कोरीयालाई आग्रह गर्नु भएको छ।

मंगलबार मन्त्री दाहालसँग भेट गर्न आएको दक्षिण कोरीयाली रेल कम्पनी कोरेलका प्रतिनिधीहरुसँगको भेटमा उहाँले रेल सेवाको विकाश र विस्तार नेपाल सरकारको समेत प्राथमिकताको विषय भएकाले लगानीका लागि आग्रह गर्नु भएको हो।
नेपाल धार्मीक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले सम्पन्न राष्ट्र भएकाले त्यस्ता गन्तव्यहरुलाई लक्षित गरि रेल सेवाको विस्तारमा अध्ययन, अनुसन्धानका लागि समेत मन्त्री दाहालले आग्रह गर्नु भयो। लामो तथा छोटो दुरीको रेल सेवा विस्तारका लागि नेपालले लगानीको वातावरण बनाई रहेको उल्लेख गर्दै उहाँले लगानीका विभिन्न ‘मोडल’ बारे पनि छलफल गर्न सकिने उल्लेख गर्नु भयो।

छलफलका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना रहेकाले विद्युतीय रेल मार्ग विस्तार उपयोगी हुने बताउनुभयो ।

विज्ञ सम्मिलन कार्यदल गठन हुने
लगानी वोर्डका कार्यकारी अधिकृत सुशिल ज्ञवालीले नेपालमा रेल मार्गको विकास र विस्तारका लागि दुवै देशका विज्ञहरुले विभिन्न मोडलमा अध्ययन गर्ने जनाउनु भयो । केहि दिन भित्रमानै दुवै देशका विज्ञ सम्मिलित कार्यदल गठन गरिने उहाँले जनाउनु भएको छ।

छफलमा रेल विभागका महानिर्देशक अजय मूलले नेपालमा रेल मार्ग विकासका लागि विभिन्न साझेदारहरुसँग छलफल भई रहेको बताउनु भएको छ ।

कोरीयाली प्रतिनिधी मण्डलको नेतृत्व गर्नु भएको कोरेलका प्रमुख कार्यकारी हान मुन हीले १ सय २६ वर्ष पुरानो कम्पनीले विश्वका विभिन्न देशमा रेल मार्गको विकास र विस्तारका लागि कार्य गर्दै आएको बताउनुभयो । नेपालमा अध्ययन तथा लगानीका लागि नेपालको लगानी वोर्ड, रेल विभाग तथा कोरेल विच दर्विलो विश्वासको वातावरण बनाई थप कार्य अघि बढाउन सकिने उहाँको भनाई थियो