अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिशूली नदीमा दुई बालिका बेपत्ता

त्रिशूली नदीमा दुई बालिका बेपत्ता


काठमाडौं-नुवाकोटमा त्रिशूली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन्। मंगलबार साँझ नुहाउने क्रममा दुई बालिका नदीमा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गाराज रेग्मीले जानकारी दिनुभयो।

बेपत्ता हुनेमा बेलकोटगढी नगरपालिकाका–७ की ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा रहेका छन्।

‘उनीहरु बेलकोटगढी–७ कचौडे भिरस्थित नदीमा नुहान र लुगाधुन भनेर मंगलबार साँझ गएका रहेछन्,’ एसपी रेग्मीले भन्नुभयो, ‘दुई बालिका त्रिशूलीमा बेपत्ता भएको जानकारी पाउना साथ हाम्रो टोली खोजीमा जुटेको हो। रातिसम्म खोज्दा पनि फेला परेनन्। आज पनि बिहानैबाट खोजी कार्य सुरु भइसकेको छ।’