काठमाडौँ-नेपाल मगर विद्यार्थी सङ्घको अध्यक्षमा राजु पुन मगर निर्विरोध निर्वाचित हुनुभएको छ। मगर विद्यार्थी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशनले बुधबार नयाँ केन्द्रीय समिति चयन भएको हो।
सङ्घको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र राना मगर, खुला उपाध्यक्षमा विरेन्द्र अछामी मगर, महिला उपाध्यक्षमा रिया लुङ्गेली मगर, भाषिक उपाध्यक्षमा (बाह्र मगरात) प्रकाश ल्हायो मगर, भाषिक उपाध्यक्षमा (अठार मगरात)मा डिबी आले मगर चयन हुनुभएको छ।
त्यस्तै महासचिवमा याम बहादुर रोका मगर, सचिवहरूमा शिव पुलामी नगर, राजिव थापा मगर, छिनिङ लाल थापा मगर र कोषाध्यक्षमा कमल राना मगर चयन चयन हुनुभएको छ।

यसैगरी सदस्यहरु दिपन पुलामी मगर, कुशुम पुलामी मगर, नितु थापा मगर, पुष्पा मगर, ललित मगर, सुरजप्रताप राना मगर, आकाश पुन मगर, राजन मगर, निर्तिक घर्ती मगर, भिमसेन थापा मगर, रुयाशा थापा मगर, धनमाया पुन मगर, महेश घर्ति मगर, राम कुमार बुढा मगर, सुनिल बुढा मगर, हेमराज पुन मगर, किरण मगर, सन्ध्यादेबी पुन मगर, आशा कुमारी सारु मगर, मनोज पुन मगर, बिना थापा मगर र राजकुमार बुढा मगर चयन हुनुभएको छ।
सङ्घको १२ औँ महाधिवेशनको उद्घाटन यही वैशाख ५ र ६ गते सम्पन्न भएको थियो। त्यो बेला उद्घाटनपछि बन्द सत्र समेत भएको थियो। तर, आन्तरिक विवादका कारण सोही दिन नयाँ समिति चयन हुन सकेको थिएन। त्यसपछि वैशाख ३१ गते निर्वाचनका लागि मिति तय भएको थियो।
निर्वाचन समितिले उम्मेदवारी दर्तादेखि मतदान सम्मको समय आजकै लागि तोकेको थियो। तर, मनोनयन दर्ताका लागि अध्यक्षसहित सबै पदमा १/१ जनाको उम्मेदवारी परेपछि निर्विरोध भएको प्रतिनिधि सुकमित राना मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया