अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्याबिनेट बैठक निर्णय

सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त


काठमाडौं-सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ ।

हिजो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेर दुवै आयोगलाई पूर्णता दिएको हो।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सिफारिस गरेका नामलाई मन्त्रिपरिषद्ले अनुमोदन गर्दै पूर्णता दिएको हो । मन्त्रिपरिषद्ले सिफारिस समितिको निर्णय अनुसार सत्य निरुपणमा महेशकुमार थापा तथा बेपत्ता आयोगमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई अध्यक्ष बनाउने निर्णय गरेको हो।

त्यस्तै बैठकले सत्य निरूपण आयोगको सदस्यमा अच्युतप्रसाद भण्डारी, टीकाप्रसाद ढकाल, कुमारी कौशल्या ओझा र पदमबहादुर शाहीको नाम अनुमोदन गरेको छ। बेपत्ता छानबिन आयोगको सदस्यमा अग्निप्रसाद थपलिया गोपालनाथ योगी, सृजना पोखरेल, विनिता नेपालीको नाम अनुमोदन गरेको हो।

सत्य निरुपण तथा मेलमिलाप आयोग

अध्यक्ष महेश थापा- संखुवासभा

सदस्यहरू

अच्युतप्रसाद भण्डारी जाजरकोट

डा. टीकाप्रसाद ढकाल पाँचथर

पदमबहादुर शाही जुम्ला

कुमारी कौशल्य ओझा कञ्चनपुर

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग

अध्यक्ष लीलादेवी गड्तौला तेह्रथुम

सदस्यहरू

गोपालनाथ योगी सल्यान

अग्नीप्रसाद थपलिया झापा

सृजना पोखरेल काठमाडौं

विनिता नेपाली कास्की सदस्य