अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिनियाँ नेता सियाओजी काठमाडौँमा

चिनियाँ नेता सियाओजी काठमाडौँमा


काठमाडौं-चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौँ आइपुग्नुभएको छ। 

उहाँ सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आइपुग्नु भएको हो।

बिहीबार बिहान उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गर्नुभयो।

सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडाैँमा हुँदैछ। 

उपसभामुख इन्दिरा रानाको औपचारिक निमन्त्रणामा नेपाल आएका सियाओले काठमाडौं बसाइँको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख इन्दिरा रानामगर लगायतसँग भेट गर्नु हुने कार्यक्रम छ। सियाओको सम्मानमा उपसभामुख रानाले आज साँझ रात्रिभोज पनि आयोजना गर्नुभएको छ।

चिनियाँ प्रतिनिधि मण्डल काठमाडौंबाट जेठ ३ गते दिउँसो स्वदेश प्रस्थान गर्नेछ ।