अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेटका विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक आज

बजेटका विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक आज


काठमाडौं -नेकपा एमालेले आज बजेटका बारेमा छलफल गर्न प्रतिनिधीसभा र राष्ट्रियसभाको संयुक्त संसदीय दलको बैठक बोलाएको छ ।
प्रधानमन्त्रीको सचिवालयका दिउसो १ बजे ल्होत्से हलमा हुने बैठकमा उपस्थित सबै साँसदहरुलाई जानकारी गराइएको छ ।
उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते संसदमा बजेट प्रष्तुत गरेपछि एमलेले पहिलो पटक संसदीय दलको बैठकको बैठक बोलाएको हो । संसदीय दलका प्रमुख सचेक महेश बर्तौलाका अनुसार साँसदहरुलाई बजेटका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्पष्ट पार्नहुनेछ । बजेट विनयोजनका विषयमा कतिपय साँसदहरुमा भएका अष्पष्टता आजको बैठकले चिर्ने बर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार संसद र जनतामा बजेटप्रति एमालेको एउटै धारणा बनाउने उद्धेश्यले आजको बैठक डाकिएको हो ।
आजको बैठकमा बजेटका विषयमा स्पष्ट भएर आफ्ना धारणा सदनमा राख्न प्रधानमन्त्रीले साँसदहरुलाई निर्देशन दिनुहुनेछ ।