काठमाडौँ-संसद्मा देखिएको गतिरोध लगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख दलका शीर्ष नेताहरुको छलफल जारी रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी हुनुहुन्छ।
छलफलमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, महेन्द्रराय यादव, देव गुरुङ, हितराज पाण्डे पनि सहभागी हुनुहुन्छ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनका लागि तयार हुनुपर्ने प्रमुख विपक्षी दल माओवादी केन्द्रसहितका विपक्षी दलको माग छ। उनीहरुले यसै विषयलाई लिएर संसद् अवरोध समेत गर्दै आएका छन्।
अवरोध हटाउने प्रयासका लागि प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकसहितका नेताहरुसहित छलफल आयोजना गरेका हुन्।


प्रतिक्रिया