अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँका नगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित

काठमाडौँका नगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित


काठमाडौँ-काठमाडौँ महानगरपालिकाले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई पदबाट निलम्बन गरेको छ। महानगरले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेको हो।  

यसअघि महानगरले पाण्डेलाई २०८२ जेठ ६ गते स्पष्टीकरण सोधिएको थियो। उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई निलम्बन गरिएको महानगर स्रोतले जानकारी दिएको छ।

महानगरपालिकाले पाण्डेमाथि जाँचबुझ पनि गरिरहेको छ। महानगरको प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा बनेको समितिले जाँचबुझ गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जानकारी दिनुभयो।

स्पस्ष्टीकरणमा कर्मचारीका रुपमा आफूले पालना गर्नुपर्ने आचरण तथा अनुशासन समेत पालना नगरेको, सञ्चार माध्यममा अनधिकृत बयानवाजी गरेको, जनप्रतिनिधिहरूसँग मुखमुखै लागि अमर्यादित व्यवहार देखाएको, वातावरण शान्त पार्ने उद्देश्यले दिएको आदेश पालना नगरी वातावरणलाई नियोजित ढङ्गले उत्तेजित बनाई द्वन्द्व निम्त्याउने काम गरेको विषय उल्लेख गरिएको थियो ।