अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिन्छः मन्त्री राई

संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिन्छः मन्त्री राई


काठमाडौं-रक्षामन्त्री मानवीर राईले संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिने बताउनुभएको छ।

सोमवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्द मन्त्री राईले यस्तो बताउनुभएको हो। गैह्रआवासीय नेपाली र ब्रिटिश गोरखामा भर्ती भएकाहरुको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनु भयो। संविधानका कतिपय जटिलताहरु संशोधन गर्दै जानुपर्ने विषय भएको पनि बताउनु भयो । उहाँले नेपालको संविधान अपरिवर्तनीय नभनिएको बताउँदै संविधान अकाट्य वस्तु नरहेको जिकिर गर्नुभयो ।

मन्त्री राईले भन्नुभयो, ‘समस्या समाधान गर्दै जाऔँ । संविधानका कतिपय जटिलताहरु संशोधन गर्दै जानुपर्ने विषय पनि होला । ति कुराहरु पनि भोलि नगरी नहुने कुनै परिस्थितिमा छ भने हाम्रो नेपालको संविधान त अपरिवर्तनीय त भनिएको छैन । हामीले भनेका छैनौँ । संविधान अकाट्य भनेर भनेका छैनौँ । समय र परिस्थितिअनुसार संशोधन गर्न सकिनेछ । केही सीमाना हामीले गुमाउनु परे पनि हामी जे होस्, स्वतन्त्र दिवस मनाउनु नपर्ने हाम्रो देश यसलाई गौरव मानौँ । हाम्रो इतिहास र वीरताको कहानी छ ।’

मन्त्री राईले नेपालले केही सीमानाहरु गुमाउनु परेको भएपनि नेपाल स्वतन्त्र देश रहेको बताउनु भयो । उहाँले नेपालको इतिहास र वीरतालाई गौरव मानेर अघि बढ्नुपर्ने बताउनु भयो ।