अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीलाई एक वडा अध्यक्षको पत्र

प्रधानमन्त्री ओलीलाई एक वडा अध्यक्षको पत्र


मितिः २०८२/०२/११
सम्माननीय प्रधानमन्त्री ज्यू,
२०७४ र २०७९ मा निर्वाचित वडा अध्यक्ष शिव प्रसाद न्यौपाने
लिखु तामाकोशी गाउँपालिका, वडा नं. ६, खिम्ती, रामेछाप

सम्माननीय प्रधानमन्त्री ज्यू, म केही कुरा राख्ने अनुमति माग्छु। खाडी मुलुकमा गएका युवालाई नेपालमा भविष्यको छ भन्ने बजेट आउनु पर्‍यो। बाझो बारी खेती योग्य बनाउने र बाँदर नियन्त्रण गर्नुपर्ने देखिन्छ। प्रधानमन्त्री ज्यू, पालिकालाई जिम्मेवारी दिएर वडालाई कार्यकारी बनाएर २५ देखि ३० लाखसम्म सहुलियत ऋण फर्मवालाहरूको ग्यारेन्टीमा नागरिकता राखेर दिने हो भने खाडी मुलुकमा गएका युवाहरू नेपाल फर्काउन सकिन्छ। उत्पादनमा जोडिएका सामाग्रीहरू सरकारले बजारीकरण गरिदिनु पर्ने देखिन्छ।

प्रधानमन्त्री ज्यू, गरिबीका रेखामुनि रहेका जनताको जीवनस्तर उठाउन जीविकोपार्जनका लागि सरकारले ग्यारेन्टी गर्नुपर्ने देखिन्छ। कृषकहरूले दूध उत्पादन गर्छन्, ६ महिनासम्म डी.डी.सी.ले भुक्तानी दिँदैन। कृषकहरूलाई भुक्तानी दिलाउन सरकारले पहल गरिदिनु पर्‍यो। म आफैंले १५ रोपनी जग्गामा गाई-भैंसीको लागि फाम सञ्चालन गरेको छु। लम्पी स्किन रोगले १० वटा गाई मरे त्यसपछि मसँग पैसा भएन अहिले महिनाको रु.१५ हजार तिरेर फाम त्यतिकै राखिरहेको छु। सहुलियत ऋणमा फर्म पेस गरें तर ऋण पाइन। मेरो वडामा किसानहरूले अहिले पनि बिहान र बेलुका गरी ६०० लिटर दूध उत्पादन गरिरहेका छन्।

प्रधानमन्त्री ज्यू, संविधानले ‘सिंहदरबार गाउँ-गाउँमा’ भनेको छ, तर प्रमुख प्रशासकीय अधिकृत ६ महिना पनि टिक्दैनन्। गाउँपालिका अध्यक्षज्यूले भनेको नमानेपछि सरुवा गर्दिहाल्नु हुन्छ। प्रत्यक्ष जनता जोडिने चाहिं वडा मै हो तर गाउँपालिकाबाट ४० लाख बजेट आउँछ, मेरो वडामा जनसंख्या ६,३४४ जनसंख्या छ, तर गाउँपालिकाले बजेट छुट्याउँदा भूगोल, जनसंख्या र राजश्व नहेरीकन गोलमोलमा पठाइन्छ। यसलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ। सबै जनसंख्या बाहिर छ। यसलाई गाउँमा बस्ने व्यवस्था सरकारले गर्नुपर्ने देखिन्छ। सामुदायिक विद्यालयमा बनेका छन् तर विद्यार्र्थी छैनन्। अहिले बन्न लागेको शिक्षा ऐनले शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरूको बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ। नेपाली कांग्रेसलाई बुझाइयो। जहाँ पनि जुन पदमा नि उहाँलाई अध्यक्ष नै चाहिन्छ।

प्रधानमन्त्री ज्यू म आमाको कोखमा जन्म हुँदै कम्युनिस्ट भएर जन्मेको मान्छे हुँ। सम्माननीय सभामुख ज्यूलाई हाम्रो वडामा विद्यालयको स्वर्ण जयन्ती मनाउन लग्यौं। पाखाबारी कामीगाउँ असारे धोबी सडक र खिम्ती गैरी धोवी सडक यी दुई वटा पालिका जोडिने सडक हुन्। गरिबीका रेखामुनि बसेका जनताले प्रयोग गर्ने सडक भएकाले २०५७ सालमा खनिएका यी सडकहरू कैलास प्रसाद ढुंगेल र शान्ति प्रसाद पौडेल आर्थिक मामिला योजना मन्त्री हुँदा बहुवर्षियमा परेका सडक प्रधानमन्त्री ज्यूलाई अदालतले हटाएपछि यो बजेट पनि काटियो। वडा-७ तिलपुँङ जनप्रतिनिधि विहिन छन्। हाम्रो वडा अध्यक्ष हुँदा छाँगा, बोहोरा गाउँ, चाम बोटे धोबी सडकलाई पनि पहल गर्नुपर्ने देखिन्छ।

बागमती प्रदेशका वडा अध्यक्षहरूलाई यो दुई दिने कार्यक्रम राखेकोमा धन्यवाद दिन चाहन्छु । अलि अघि राख्ने पर्नेमा अलि ढिलै भए पनि यो कार्यक्रम राखेकोमा आधार व्यक्त गर्न चाहन्छु। पार्टीले उम्मेदवार छान्दा मेरो उम्मेदवार होइन हाम्रो उम्मेदवार र जातासँग प्रत्यक्ष जोडिएको व्यक्तिलाई टिकट दिनुपर्ने देखिन्छ।
यति सुझाव सम्माननीय प्रधानमन्त्री ज्यूलाई राख्ने जमर्को गरें। धन्यवाद।

शिव प्रसाद न्यौपाने
वडा अध्यक्ष, लिखु तामाकोशी गाउँपालिका, वडा नं. ६, खिम्ती, रामेछाप