काठमाडौं-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्ने आकाङ्क्क्षालाई गम्भीर ढङ्गबाट हेरिएको बताउनु भएको छ। मंगलबार औषधी व्यवस्था विभागमा औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदन बुझ्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनु भएको हो।
स्वास्थ्यमन्त्री पौडेलले नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्ने आकाङ्क्क्षा र राज्यको दायित्वलाई पनि गम्भीर रूपले हेरिएको बताउनुभयो। उहाँले गुणस्तरीय औषधि प्राप्त हुने परिस्थिति बनाउनको लागि निर्माण गर्न लागि परेको बताउनु भयो। उहाँले महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यतालाई अन्त्य गर्नेतर्फ ध्यान दिइएको जिकिर गर्नुभयो। साथै उहाँले औषधिको मूल्यको बारेमा उपभोक्ता सुसूचित हुने अवस्था निर्माण गर्नको परिस्थिति निर्माण गर्न खोजिरहेको समेत जिकिर गर्नुभयो। उहाँले औषधिको मूल्य निर्धारण गर्ने सन्दर्भ लगायतका क्षेत्रलाई व्यवस्थित गर्न समितिको प्रतिवेदन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, ‘मुलतः आम नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्ने आकाङ्क्क्षा र राज्यको दायित्वलाई गम्भीर ढङ्गबाट हेरिनेछ। हामी गुणस्तरीय औषधि प्राप्त हुने परिस्थिति बनाउनको लागि, महँगो मूल्यमा औषधि किन्नु परिरहेको स्थिति छ भने त्यसलाई अन्त्य गर्नको निम्ति र औषधिको मूल्यको बारेमा उपभोक्ता सुसूचित हुने स्थिति निर्माण गर्नको निम्ति हामीले त्यस्तो परिस्थिति बनाउन खोजिरहेका छौँ। औषधिको मूल्य निर्धारण गर्ने सन्दर्भ लगायत यस क्षेत्रलाई व्यवस्थित गर्ने सन्दर्भमा औषधीको मूल्य नीति सुझाव समितिको प्रतिवेदन यो क्षेत्रमा सुधारको लागि कोशे ढुङ्गा हुने विश्वास व्यक्त गर्न चाहन्छु।’
प्रतिक्रिया