अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्‍याए क्षति न्यूनीकरण गर्न सकिन्छ: सभामुख घिमिरे

विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्‍याए क्षति न्यूनीकरण गर्न सकिन्छ: सभामुख घिमिरे


काठमाडौँ-प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याउन सके प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सकिने बताउनु भएको छ।

हिकारु गौतम फाउन्डेसनले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले हरेक वर्ष प्राकृतिक प्रकोपबाट नेपालमा ठुलो धनजनको क्षति हुने गरेको भन्दै विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुराउन सके क्षति न्यूनीकरण गर्न सकिने बताउनु भएको हो। उहाँले अहिले नेपालले जलवायु परिवर्तनको असर गम्भीर रूपमा भोग्नुपरेको उल्लेख गर्नुभयो।  

सभामुख घिमिरेले विपद् न्यूनीकरणका लागि सरकारले गरेको प्रयत्नले मात्रै नपुग्ने भन्दै यसमा सबैबिच सहकार्य आवश्यक रहेको बताउनुभयो।