काठमाडौं-वर्षासँगै देशका केही नदीमा आज (जेठ ३०, शुक्रबार) पानीको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अहिले पनि भारी वर्षा भइरहको छ।
विभागको बाढी महाशाखाका अनुसार आज राजधानी काठमाडौँ र ललितपुरसहित देशका ३३ जिल्लामा बाढीको जोखिम भएकाले होसियारी अपनाउन आवश्यक छ।
महाशाखाको बुलेटिनअनुसार आज इलाम, धनकुटा, तेहथुम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, ललितपुर, काठमाडौँ, मकवानपुर, उदयपुर, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बाँके, बर्दिया, कालीकोट, जुम्ला, दार्चुला, बझाङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने नदीरखोलामा बहाव बढ्ने सक्ने सम्भावना देखिएको हो।
यीमध्ये १४ जिल्लाका लागि भने महाशाखाले ‘एल्लो वारेन्ट’ (पहेँलो रङ) दिएको छ। जसमा संखुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बाँके, बर्दिया, दार्चुला, बझाङ, डोटी र डडेलधुरा जिल्ला छन्।
पहेँलो रङको अर्थ सामान्यभन्दा माथि मध्यम जोखिम हो।


प्रतिक्रिया