अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिर्तामोडको विकासमा सहयोग गर्ने चिनियाँ राजदूत चेन सोङ्गको प्रतिबद्धता 

बिर्तामोडको विकासमा सहयोग गर्ने चिनियाँ राजदूत चेन सोङ्गको प्रतिबद्धता 


बिर्तामोड-चिनियाँ राजदूत चेन सोङ्गले बिर्तामोडको विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। आज बिहान बिर्तामोड नगरपालिकामा भेटघाट कार्यक्रममा सरिक हुँदै सोङ्गले सहयोगका लागि प्रतिबद्धता जनाउनुभयो।

चिनियाँ दूतावासबाट प्राप्त योजनाहरूको उद्घाटन तथा विद्यार्थीहरूलाई शैक्षिक सामग्री र छात्रवृत्ति वितरणका लागि राजदूत सोङ्ग केही दिन अघि झापा आउनु भएको थियो। झापा र इलामको कार्यक्रम सकेर फर्किने क्रममा उहाँलाई बिर्तामोड नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईँले राजदूत सोङ्गलाई कार्यालयमा स्वागत सम्मान गर्दै बिर्तामोडको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भएको प्रगति र हालको अवस्थाको बारेमा जानकारी गराउनु भयो।

राजदुत सोङ्गले यसअघि चिनियाँ राजदूतावासको सहयोगमा निर्मित बिर्तामोड-८ स्थित शुक्रराज आधारभूत विद्यालयको २ तले भवनको उद्घाटन, बिर्तामोड ९ मा रहेको देवकोटा आधारभूत विद्यालयका लागि नयाँ भवनको शिलान्यास गर्नु भएको छ।

यस्तै उहाँले वडा नम्बर ९ मा रहेको दुर्गा माध्यमिक विद्यालयका ४ सय जना विद्यार्थीलाई स्टेशनरी सहित ब्याग वितरण गर्नुका साथै दुर्गा मा।वि, शुक्रराज आ।वि र देवकोटा आविका १०/१० जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गर्नु भएको थियो।

भेटघाट तथा स्वागत सम्मान कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी, राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, नेकपा एमाले क्षेत्र नम्बर २ का संयोजक बद्री भट्टराई, नेकपा एमाले बिर्तामोड नगर कमिटी इन्चार्ज अमिर लिङदेन, अध्यक्ष सुवास भट्टराई, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।