काठमाडौं-उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विपद् जोखिम न्यूनीकरण र स्रोतहरूको दिगो उपयोगमा प्राथमिकता दिनुपर्ने बताउनुभएको छ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनप्रति अत्यधिक संवेदनशील देशको रूपमा नेपाल रहेको बताउनु भयो। उहाँले सार्वजनिक संस्थानहरूको सुदृढीकरण, जबाफदेहिता र प्रभावकारितामा जोड दिनुपर्ने आवश्यकता औँल्याउनु भयो। बलिया संस्थाहरूले मात्र विकास लक्ष्यलाई वास्तविक रूपमा रूपान्तरण गर्न सक्ने जिकिर गर्नुभयो। सार्वजनिक वित्त व्यवस्थापन खरिद प्रणाली र वातावरणीय तथा सामाजिक सुरक्षामा सुधार गर्न विश्व बैंक समूहसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनु भयो।
उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘प्राकृतिक प्रकोप र जलवायु परिवर्तनप्रति अत्यधिक संवेदनशील देशको रूपमा हामी रहेकोले विपद्को तयारी, जोखिम न्यूनीकरण र स्रोतहरूको दिगो उपयोगमा प्राथमिकता दिनुपर्ने अवस्था छ। यी क्षेत्रमा प्राप्त हुने सहयोगले हामीलाई सुरक्षित भविष्य निर्माणमा मद्दत गर्नेछ। सार्वजनिक संस्थानहरूको सुदृढीकरण, जबाफदेहिता र प्रभावकारितामा सेपिएफले जोड दिएको विषयलाई म स्वागत गर्न चाहन्छु। बलिया संस्थाहरूले मात्र विकास लक्ष्यलाई वास्तविक रूपमा रूपान्तरण गर्न सक्छन्। हामी सार्वजनिक वित्त व्यवस्थापन खरिद प्रणाली र वातावरणीय तथा सामाजिक सुरक्षामा सुधार गर्न विश्व बैङ्क समूहसँग सहकार्य गर्न प्रतिबद्ध छौँ ।’
उपप्रधानमन्त्री पौडेलले प्रक्रियागत सरलीकरण गरी आयोजनाहरू समयमै प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।
प्रतिक्रिया