अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेटको आकार सन्तुलित छः अर्थमन्त्री पौडेल

बजेटको आकार सन्तुलित छः अर्थमन्त्री पौडेल


काठमाडौं-उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार सन्तुलित रहेको बताउनुभएको छ।

प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको बताउनु भयो । अन्तरसरकारी वित्त हस्तान्तरणमा आयोगले निर्धारण गरेको वित्त आयोगबाट निर्धारण गरिएको सीमा भन्दा करिव ४ अर्बले वृद्धि गरिएको जानकारी दिनुभयो । आम्दानीको मुख्य श्रोत राजश्वले समग्र खर्चको करिव ६७ प्रतिशत धान्ने गरीकन बजेट प्रश्ताव गरिएको बताउनु भयो ।
अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘बजेटको आकारको सन्दर्भमा सन्तुलित हुने त्यो अठोट प्रश्ततु बजेटमा व्यक्त भएको छ । पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको छ । अन्तरसरकारी वित्त हस्तान्तरणमा आयोगले निर्धारण गरेको वित्त आयोगबाट निर्धारण गरिएको सीमा भन्दा करिव ४ अर्बले वृद्धि गरिएको छ । आम्दानीको मुख्य श्रोत राजश्वले समग्र खर्चको करिव ६७ प्रतिशत धान्ने गरीकन बजेट प्रश्ताव गरिएको छ ।’
अर्थमन्त्री पौडेलले आम्दानीतर्फ राजश्व अनुमान संशोधित लक्ष्यको तुलनामा १६ प्रतिशतले वृद्धि प्रश्ताव गरिएको बताउनु भयो ।