अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले निकट कानुन व्यवसायीको अध्यक्षमा थापा निर्वाचित

एमाले निकट कानुन व्यवसायीको अध्यक्षमा थापा निर्वाचित


काठमाडौं-नेकपा एमाले निकट कानुन व्यवसायीहरूको संस्था प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पिपिएलए) को अध्यक्षमा अमर थापा निर्वाचित हुनुभएकाे छ।

आइतबार भएको निर्वाचनमा थापा २५६ मत ल्याएर निर्वाचित हुनुभएकाे हाे। उहाँका प्रतिस्पर्धी ओमप्रसाद थपलियाले २१३ मत ल्याउनुभएकाे थियाे।

खुला उपाध्यक्षमा भीमसेन बञ्जारा निर्विरोध भएका थिए। महिलातर्फ भने चुनाव भएको थियो। जसमा यशोदादेवी खरेल निर्वाचित हुनुभएकाे छ। उहाँले ३०५ मत ल्याउनु भएकाे थियाे। प्रतिस्पर्धी हिमादेवी बस्नेतले १५२ मत पाउनुभयाे ।

महासचिवमा भुवनप्रसाद निरौला १६३ मत ल्याएर निर्वाचित हुनुभएकाे छ। उममहासचिवमा बाबुराम राई निर्वाचित भए। तीन सचिवमा युवककुमार गौतम (१३९), अनिता गौतम (२२७), मुकुन्दप्रसाद अधिकारी (१३१) मत ल्याएर निर्वाचित भइन्। मुकुन्द अधिकारी र हरिप्रसाद मैनालीको मत बराबर आएकाले गोलाप्रथाबाट छिनोफानो गरिएको थियो। कोषाध्यक्षमा कुमार घिमिरे २२९ मत ल्याएर निर्वाचित भए। अधिकांश सदस्यहरू निर्विरोध चुनिएका थिए।