अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनसंगठनका पदाधिकारीलाई राजनीतिक प्रशिक्षण जरुरी छ : भानुभक्त ढकाल

जनसंगठनका पदाधिकारीलाई राजनीतिक प्रशिक्षण जरुरी छ : भानुभक्त ढकाल



काठमाडौं- नेकपा एमालेका स्थायी समितीका सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले जनसंगठनका केन्द्रीय पदाधिकारीहरुलाई राजनीतिक प्रशिक्षण जरुरी भएको बताउनुभएको छ ।
जनसंगठन संयन्त्रको आजको बैठकमा बोल्दै ढकालले कतिपय जनसंगठनमा संस्थागत निर्णय नगरी आफुखुशी कामहरु गर्दै जाँदा केही महिना पछि समस्या आएको बताउनुभयो । ‘कुनै संगठनमा अध्यक्ष र महासचिवको मन मिल्ला,कुनैमा अध्यक्ष उपाध्यक्षको मन मिल्ला त्यस्तो बेला अनौपचारिक निर्णय गरेर संगठनका काम नगर्नुहोस’ ढकालले निर्देशन दिंदै भन्नुभयो ‘मन नमिलेका दिन ति सबै निर्णयले विवाद निम्त्याउछन् । त्यसैले जतिसुकै मन मिले पनि नमिलेपनि औपचारिक निर्णय गरेर काम गर्नुहोस । ’
ढकालले कतिपय जनसंगठनमा बस्ने नयाँ वा पुराना पदाधिकारीलाई पनि राजनीतिक र व्यवशायिक प्रशिक्षण नपुगेको महसुष आफूलाई भएको बताउनुभयो । उहाँले संगठन कसरी सञ्चालन गर्ने,विधी कसरी बनाउने,बैठक कसरी सञ्चालन गर्ने,पार्टीका आधारभुत ज्ञानहरु कसरी प्राप्त गर्ने भन्ने कुरा जनसंगठनका पदाधिकारीलाई जानकारी लिनु पर्ने उहाँले बताउनुभयो ।
ढकालले जनसंगठनले पार्टीको ‘चेन अफ कमाण्ड’ पनि बुझ्नु पर्ने,जनसंगठन भन्दा माथी इन्चार्ज हुने,इन्चार्ज भन्दा माथी जनसंगठन संयन्त्र हुन्छ भन्ने कुराको आधारभुत ज्ञान पदाधिकारीलाई राख्न पनि उहाँले सचेत गराउनुभयो ।
जनवर्गीय संगठनहरुले मुलत पार्टीका गतिविधीलाई ब्यापक बनाउने र पार्टीप्रति आकर्षण गराउने काम गर्नुपर्ने उहाँले बताउनुभयो । जनसंगठनमा आवद्ध भएको कार्यकर्ता उमेर र ज्ञानका हिसाबले पनि सधैं सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो । ‘कतिपय महाधिवेशनमा पद लिने बेलामा भेटिने काम गर्ने बेलामा भेटिदैनन्’ ढकालले भन्नुभयो ‘कतिपयले पद पनि मैले लिने काम पनि मैले गर्ने भन्ने हुन्छ र भन्ने जस्ता प्रश्न पनि गर्छन् । त्यसैले यस्ता कार्यकर्तालाई प्रशिक्षित गराएर पद लिए बापत अरु भन्दा बढी काम आफूले गर्नुपर्दछ भन्ने भावना विकास गराउन जरुरी छ ।’
गत पुष भन्दा महाधिवेशन भएका १६ वटा जनसंगठनका इन्चार्ज,अध्यक्ष र महासचिवको बैठक आज भएको थियो । उक्त बैठकबाट निर्वतमान अध्यक्षलाई विदाइ गरिएको थियो भने नयाँ निर्वाचित अध्यक्षलाई स्वागत गरिएको थियो ।