अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित (अन्य पदमा को को सुची सहित)

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित (अन्य पदमा को को सुची सहित)


काठमाडौं- नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंशबहादुर शाही निर्वाचित हुनुभएको छ। संगठनको १४ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चुन्न गए राति विद्युतीय मतदान भएको थियो।

जसअनुसार अध्यक्षमा शाही निर्वाचित हुनुभयो।

अध्यक्षमा तीनजनाबीच प्रतिस्पर्धा भएको थियो। निवर्तमान उपाध्यक्ष कमला थापा र केन्द्रीय सदस्य यामबहादुर कुँवर अध्यक्षका प्रत्यासी थिए।

वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्वुजा, उपाध्यक्षमा गोविन्द भण्डारी निर्वाचित भएका हुन्। त्यस्तै उपाध्यक्षमा महिलातर्फ अम्बिका चापागाईं निर्वाचित हुनुभएके छ।

महासचिवमा प्रकाश खनाल निर्वाचित हुनुभयो।

कोषाध्यक्षमा नरवहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, सचिवमा वामदेव सुवेदी र सचिव महिलातर्फ वेणु काफ्ले निर्वाचित हुनुभएको छ।

बिहीबारदेखि भएको महाधिवेशनमा ४७८ प्रतिनिधि थिए।