काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल राष्ट्रिय शिक्षक संगठनको १४औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले नवनिर्वाचित अध्यक्ष हंसबहादुर शाहीसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै उहाँहरूको नेतृत्वमा शिक्षक आन्दोलनले नयाँ उचाइ लिने विश्वास व्यक्त गर्नुभयो।
महासचिव पोखरेलले नेपाल राष्ट्रिय शिक्षक संगठनले शिक्षा क्षेत्रको विकास, शिक्षकहरूको हकहित संरक्षण र पेशागत मर्यादा कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। उहाँले नवनिर्वाचित कार्यसमितिलाई शिक्षा क्षेत्रमा देखिएका चुनौतीहरूको सामना गर्दै थप उपलब्धि हासिल गर्न शुभकामना दिनुभयो।
यस महाधिवेशनले हंसबहादुर शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिले शिक्षकहरूको हकहितका लागि सशक्त आवाज उठाउने र शैक्षिक गुणस्तर सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। महाधिवेशनले देशभरका शिक्षकहरूको प्रतिनिधित्व गर्दै उनीहरूको सामूहिक भावनालाई प्रतिविम्बित गरेको छ।
प्रतिक्रिया