अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेचीनगर नगरपालिकाले ल्यायो बजेट १ अर्ब ८२ करोडको बजेट

मेचीनगर नगरपालिकाले ल्यायो बजेट १ अर्ब ८२ करोडको बजेट


झापा-झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। दोस्रो नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख मिना पोखरेल उप्रेतीले १ अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको अनुमानित बजेट प्रस्तुत गर्नुभयो। 

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षमा सञ्चालन भएको नगरसभामा उपप्रमुख उप्रेतीले प्रस्तुत गर्नु भएको बजेटमा नगरस्तरीय योजना तर्फ ५७ करोड ९७ लाख ५२ हजार ५४० रुपैयाँ बिनियोजन गरिएको छ भने वडा स्तरीय योजनाका लागि १६ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ।

 त्यसैगरी संघबाट बित्तिय हस्तान्तरण मार्फत बिषयगत सशर्त अनुदान तर्फ ८४ करोड ९५ लाख, प्रदेशबाट बित्तिय हस्तान्तरण मार्फत बिषयगत सशर्त अनुदान तर्फ दुई करोड ६४ लाख ८२ हजार रहेको छ भने ऋणको सावा व्याज भुक्तानीका लागि २५ लाख र समपुरक कोषमा ६ करोड रुपैयाँ बिनियोजन गरिएको छ। त्यस्तै अघिल्लो बर्षबाट अल्या गरिएको रकम १३ करोड ७४ लाख ५१ हजार ८९९ रुपैया ३७ पैसा रहेको छ।