विराटनगर-जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ। कैदीबन्दी छुटाउने योजनासहित एउटा समूह पुगेपछि प्रहरीले हवाई फायर गरेको हो।
कैदीबन्दी छुटाउनु पर्ने मागसहित एउटा समूह पुगेपछि कारागारबाट कैदीबन्दीहरूले पनि भाग्ने प्रयास गरेका थिए। भीडलाई तितरबितर बनाउन प्रहरीले १५ राउन्ड हवाई फायर गरेको हो।
हवाई फायरपछि कैदीबन्दी छुटाउन पुगेको भीड तितरबितर भएको छ । कारागारमा नेपाली सेनाको टोली पनि पुगेको छ । सेनाको टोली पुगेपछि अवस्था सामान्य छ । मोरङ कारागारमा एक हजार १ सय बढी कैदीबन्दी छन् ।


प्रतिक्रिया