काठमाडौं-ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले २०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलन प्रदर्शनका क्रममा भएको क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले गठन गरेको पुनर्निर्माण कोषमा योगदान गर्न सवैमा आह्वान गर्नुभएको छ।
आज पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले राष्ट्रिय पुनर्निर्माण कोषमा आर्थिक सहयोगका लागि अपिल गर्नुभएको हाे।
अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरेको थियो। मन्त्री घिसिङले समितिले पुनर्निर्माण कार्य योजना स्वीकृत गर्दै पुनर्निर्माणको काम थाल्ने जानकारी दिनुभयो। भौतिक संरचनामा आगजनी र तोडफोडले ठुलो क्षति भएको भन्दै मन्त्री घिसिङले आर्थिक पुनरुत्थान र पुनर्निर्माण कोष स्थापना गरिएको मन्त्री घिसिङले बताउनु भयो।
मन्त्री घिसिङले सरकारी निकाय, सर्वसाधारण जनतादेखि विदेशी साझेदारसम्मलाई सो अभियानमा जोडिन आह्वान गर्नुभएको छ। पुनर्निर्माण कोष खडा भएको बताउँदै मन्त्री घिसिङले संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुबाट अमूल्य योगदान गरी राष्ट्र निर्माणमा सहभागी हुन आह्वान गर्नुभएको हाे ।
‘कोषमा नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरू, विकास साझेदार, तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूबाट अमूल्य योगदान गरी राष्ट्र पुन निर्माणको महान् अभियानमा सहभागी हुन नेपाल सरकार सवैमा आह्वान गर्दछ’, मन्त्री घिसिङले लिखित विज्ञप्ति वाचन गर्दै भन्नुभयाे।









प्रतिक्रिया