अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘गरी खान देऊ’ भन्दै  प्रचण्ड-माधवले सम्बोधन गर्ने पोखराको सभास्थलमा व्यापारीको विरोध

‘गरी खान देऊ’ भन्दै  प्रचण्ड-माधवले सम्बोधन गर्ने पोखराको सभास्थलमा व्यापारीको विरोध


पोखरा-नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पोखराको मानवअधिकार चोकमा गर्ने भनेको एकता सभास्थलमा व्यापारीहरूले ‘गरी खान देऊ’ माग गर्दै विरोध जनाएका छन् ।

सभाका कारण व्यापारमा असर परेको भन्दै विरोध जनाएका हुन्। उनीहरुले पर्चा र पम्प्लेटसहित विरोध जनाएका थिए।

पोखराको ट्रेडमलका व्यवसायी नवराज त्रिपाठीले सडकमा सभा आयोजना गर्न दिनेलाई समेत कारबाहीको माग गर्नुभएको छ। ‘सडकमा हुने सभाले व्यापार व्यवसाय चौपट भएको छ। धेरै पहिलेदेखि शान्तिपूर्ण रुपमा माग राख्दा समेत सुनुवाइ भएन,’ उहाँले भन्नुभयो, ‘अहिले पनि सोही ठाउँमा आन्दोलन र प्रदर्शन भइरहेको छ । यसमा हाम्रो विरोध छ।’

चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिका अध्यक्ष दुर्गा सुनारले केही रकमका लागि सडक बेचिएको आरोप लगाउनुसभयो । उहाँले व्यवसायीको ध्यान नदिई कार्यक्रम गर्न दिँदा मन्दी खेप्नुपरेको बउनुभयो।

‘केही रकमको भरमा सडक बेचिँदैछ। आजदेखि नै यस्तो कार्यक्रम बन्द होस्। ४ घण्टा बन्द गरेर व्यवसायमा कति नोक्सान हुन्छ ?,’ उहाँले प्रश्न गर्नुभयो। व्यवसायीहरूले मेयर धनराज आचार्यको समेत विरोध गरेका छन्।