अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१० देशका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

१० देशका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन


काठमाडौं-संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका, बेलायतसहित १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले विभिन्न १० देशका लागि सरकारले सिफारिस गरेका राजदूतको नाम अनुमोदन गरेको हो।

समितिबाट अनुमोदित नामअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि गौरवशमशेर जबरा रहेका छन्। त्यसैगरी जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि डा. पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मञ्चला झाको नाम अनुमोदन भएको छ।

गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गरेको थियो। तीमध्ये संसदीय सुनुवाइ समितिले १० जनाको नाम अनुमोदन गरेको हो।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै अब सम्बन्धित राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।