अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज र भोली तराईको तापक्रम ४० डिग्री भन्दा माथी हुने,सतर्कता अपनाउन विभागको आग्रह

आज र भोली तराईको तापक्रम ४० डिग्री भन्दा माथी हुने,सतर्कता अपनाउन विभागको आग्रह


काठमाडौं – जल तथा मौसम विज्ञान विभागले आज र भोलि तराई भूभागमा तातो दिन हुने जनाएको छ । देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य भागमा तातो दिन हुने पूर्वानुमान विभागले गरेको मौसमविद् विनु महर्जनले बताइन् । सो समयमा त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

“तराईको भूभागमा ४० डिग्रीभन्दा बढी तापक्रम भयो भने तातो लहर चलेको भन्न सकिन्छ । हाल त्यसको आसपास तापक्रम छ, त्यसलाई तातो दिनका रूपमा भनिन्छ,” मौसमविद् महर्जनले भनिन् ।

मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा तथा बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना छ ।

राति, कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा वाग्मती र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागका अनुसार, शनिबार कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भभागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भूभागमा तातो दिन हुने पूर्वानुमान विभागले गरेको छ ।