अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसकाे आधिकारिकता विवाद रिटमा आज पनि सुनुवाइ हुँदै

कांग्रेसकाे आधिकारिकता विवाद रिटमा आज पनि सुनुवाइ हुँदै


काठमाडौँ-नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दाको आज पनि सुनुवाइ हुँदैछ।

नेपाली काँग्रेस गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिटमा बिहीबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि सुनुवाइमा राखिएको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । देउवा पक्ष र आयोगको तर्फबाट सरकारी वकिलको बहस सकिएको छ । आज रिटमा विपक्षी बनाइएका काँग्रेस सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माका तर्फबाट प्रतिरक्षा हुनेछ । 

कानुन व्यवसायीहरूका अनुसार बहस प्रक्रिया सम्पन्न भएलगत्तै आदेश जारी हुने सम्भावना रहेको छ ।

यो मुद्दा विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई आधिकारिकता प्रदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरिएको हो । साथै, सो विवाद समाधान नहुँदै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको तथा सदस्यता खुला गर्ने निर्णयविरुद्ध पनि अर्को रिट दर्ता भएको छ, जसमा पूर्णबहादुर खड्का पक्ष संलग्न रहेको छ ।