अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी

शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी


काठमाडौं-प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. ओजस्वी शेरचन विजयी भएकी छन्।

आज भएको निर्वाचनमा एमालेका उम्मेदवार गुरु बराललाई पराजित गर्दै शेरचन विजयी भएकी हुन्। शिक्षा समितिमा रास्वपाबाट शेरचन र नेकपा एमालेका तर्फबाट गुरु बरालले प्रतिस्पर्धामा थिए। बराललाई कांग्रेस र नेकपाको समर्थन थियो ।

शेरचन विजयी भएपछि बरालले बधाई दिए।