काठमाडौं-इरानले महत्त्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज व्यावसायिक जहाजका लागि पुनः खुला गरिएको जनाएको छ । विदेशमन्त्री अब्बास अराघ्चीले युद्धविराम अवधिमा तोकिएका सुरक्षित मार्ग प्रयोग गर्न जहाजलाई आग्रह गरेको बीबीसीले जनाएको छ ।
अमेरिका र इजरायलले २८ फेब्रुअरीमा आक्रमण गरेपछि इरानले यो मार्ग अवरुद्ध गरेको थियो । अमेरिका र इरानबीचको युद्धविराम २२ अप्रिलमा समाप्त हुने तय छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानी बन्दरगाहमा नाकाबन्दी शान्ति सम्झौता नभएसम्म जारी रहने बताएका छन् ।
यद्यपि, समुद्री संस्थाहरूले मार्ग सुरक्षित भएको पुष्टि गर्न बाँकी रहेको बताएका छन्, र ट्र्याकिङ डाटाले जहाजहरूको आवागमन अझै न्यून देखाएको छ । इरानले सैन्य जहाजको आवागमन भने अझै प्रतिबन्धित रहने जनाएको छ ।
विश्वको करिब २० प्रतिशत तेल र ग्यास यही मार्गबाट जाने भएकाले हालको तनावले विश्व अर्थतन्त्रमा प्रभाव पारेको छ । पछिल्लो घटनाक्रमपछि तेल मूल्य घटे पनि मार्ग पूर्ण रूपमा सुरक्षित भएकोमा अझै अन्योल कायम छ ।







प्रतिक्रिया