महोत्तरी-महोत्तरीमा टेम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार शनिबार साँझ आएको हावाहुरीका क्रममा जलेश्वर नगरपालिका–९, परकौलीस्थित सडक किनारको रुख ढलेर जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज १ घ ४८५० नम्बरको टेम्पोमाथि खसेको हो।
उक्त दुर्घटनामा एक महिला र एक पुरुष गरी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना (पुरुष चालक र दुई महिला) घाइते भएका प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार टेम्पोमा चालकसहित पाँच जना सवार रहेका थिए । दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि जनकपुर पठाइएको छ ।






प्रतिक्रिया