काठमाडौँ-सरकारले अबदेखि कर्मचारीहरूलाई १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने भएको छ।
अर्थ मन्त्रालयले जारी गरेको पत्रअनुसार हालसम्म मासिक रूपमा वितरण हुँदै आएको तलबभत्ता अब अर्धमासिक रूपमा भुक्तानी गर्ने तयारी गरिएको हो।
मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्दै नयाँ प्रणाली कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। पत्रमा उल्लेख भएअनुसार अर्धमासिक रूपमा तलब वितरण गर्ने निर्णय मन्त्रीस्तरबाट भइसकेको छ।







प्रतिक्रिया