काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा साझेदारी भेटिएकोबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्।
राप्रपाले सोमबार काठमाडौँमा सांसदहरूसँगको बधाई तथा शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले रास्वपा सभापति रवि लामिछानेले गृहमन्त्री गुरुङको बारेमा आफ्नो धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएका हुन्।
अध्यक्ष लिङदेनले भने, ‘सुशासनको कुरा गर्ने गृहमन्त्रीको बारेमा अहिले सञ्चार माध्यममा जे आईराखेको छ, त्यसबारे सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छ,’ लिङदेनले भने, ‘गृहमन्त्रीले आफ्नो पोशिजन क्लियर गर्नुपर्छ। पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिशन क्लियर गर्नु पर्छ।’
यस विषयमा बोल्दै अध्यक्ष लिङदेनले तत्काल स्पष्ट पार्न सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वसँग माग गरेका छन्।
स्टन्टको भरमा देश नचल्ने भन्दै उनले सरकारको आलोचना गरेका छन्। अध्यक्ष लिङदेनले सरकारले अनधिकृत रुपमा बनाइएको सडक छेउका घरटहरा भत्काउने नाममा सरकारले राज्य आतंक फैलाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
‘मैले अस्ती भर्खरै सञ्चार माध्याममा हेरिराखेको थिएँ, सामाजिक सञ्जालमा हेरिराखेको छु। म लाईसेन्स नविकरण गर्न गएको थिएँ। लाईसेन्स पाईन तर बाँढीराखेको छ भनेर स्टन्ट गरिएको छ। अब त्यस्तो स्टन्टले देश चल्दैन,’ उनले भने।







प्रतिक्रिया