काठमाडौं-प्रधानमन्त्री बालेन शाहले विश्वविद्यालयमा अफ्ठ्यारो परेमा सहयोग गर्ने बताएका छन्। सोमाबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उपकुलपतिहरूसँग प्रधानमन्त्री बालेनले सहयोग गर्ने बताएका हुन्।
‘प्रधानमन्त्रीज्यूले कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु भन्नु भएको छ,’ छलफलमा सहभागी एक उपकुलपतिले भने।
प्रधानमन्त्री शाहले ११ वटा विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई बोलाएका थिए। प्रधानमन्त्री बालेन विश्वविद्यालयहरूका कुलपतिसमेत हुन् ।






प्रतिक्रिया