अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी र सुदुरपश्चिम तराईमा आज तातो हावा चल्ने,सतर्कता अपनाउन आग्रह

लुम्बिनी र सुदुरपश्चिम तराईमा आज तातो हावा चल्ने,सतर्कता अपनाउन आग्रह


काठमाडौं – देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा गत आइतबार देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार मधेस प्रदेशलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा ३८ डिग्री सेल्सियस आसपास मापन गरिएको छ ।

विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावा तथा तातो लहरको सम्भावना छ । विभागले हिजो विशेष बुलेटिन जारी गर्दै कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देही जिल्ला प्रभावित हुने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मधेस प्रदेशलगायत वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ । सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।