उदयपुर-उदयपुरको बेलका नगरपालिका–३ सातपत्रेमा जन्ती बोकेको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बेलका–३ सातपत्रेका २७ वर्षीय रोमन बस्नेत छन्। चौदण्डीगढी नगरपालिकाको माणिबासबाट बेलकातर्फ फर्कदै गरेको प्रदेश १–००२ ख ०१५८ नम्बरको बसले प्रदेश १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकलमा सवार बस्नेतलाई गएराति ठक्कर दिएको थियो ।
बसको ठक्करबाट बस्नेतको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
उदयपुरमै चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा आज बिहान भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ।






प्रतिक्रिया