अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँ बस दुर्घटनाः दुई जनाको मृत्यु, ९ जना गम्भीर घाइते [अपडेट]

तनहुँ बस दुर्घटनाः दुई जनाको मृत्यु, ९ जना गम्भीर घाइते [अपडेट]


तनहुँ-पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाइ सडकमै बस पल्टिँदा दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएका २७ जनालाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचारपश्चात् पोखरास्थित मणिपाल शिक्षण अस्पताल र अन्नपूर्ण अस्पताल पठाइएको प्रनाउ विकले बताए ।

त्यस्तै तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको र एक जना सामान्य रहेकाले घर पठाइएको छ । घाइतेमध्ये नौ जना गम्भीर, १४ जना मध्यम र पाँच जना सामान्य रहेका छन् ।