सर्लाही-सर्लाहीको धनकौलमा चट्याङ लागेर एक जना घाइते भएका छन्। केही पशु चौपाया पनि मरेका प्रहरीले जनाएको छ।
धनकौल गाउँपालिका–४ महिनाथपुरमा शनिबार साँझ परेको चट्याङ लागेर ६० वर्षीय सीताराम यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
उनको तराई अस्पताल रौतहटमा उपचार भइरहेको छ।
घरगोठमा चट्याङ पर्दा नौ वटा बाख्रा र पाँच वटा भैँसी मरेका छन्।
चट्याङपछि आगलागी हुँदा गोठसमेत जलेर नष्ट भएको छ।







प्रतिक्रिया