अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गल्छी-रसुवागढी सडकको अतिक्रमण हटाउन चल्यो डोजर

गल्छी-रसुवागढी सडकको अतिक्रमण हटाउन चल्यो डोजर


नुवाकोट-नुवाकोटको गल्छी-रसुवागढी सडक योजनाको कार्यालय मार्फत विस्तार भइरहेको सडकको पहुँच मार्गभित्रका अतिक्रमित संरचना हटाउन थालिएको छ। 

सडकको दायाँबायाँ १५–१५ मिटरभित्र पर्ने घरटहरासहित भौतिक संरचना हटाउन सूचना जारी गरिएको थियो। तोकिएको अवधिमा अटेर गर्नेहरूका संरचना शनिबारदेखि हटाउन सुरु गरिएको हो। 

नुवाकोटको गल्छी–रसुवागढी सडक योजनाको कार्यालय् मार्फत विस्तार भइरहेको सडकको पहुँच मार्गभित्रका अतिक्रमित संरचना हटाउन थालिएको छ। 

सडकको दायाँबायाँ १५–१५ मिटरभित्र पर्ने घरटहरासहित भौतिक संरचना हटाउन सूचना जारी गरिएको थियो। तोकिएको अवधिमा अटेर गर्नेहरूका संरचना शनिबारदेखि हटाउन सुरु गरिएको हो। 

‘सडक पहुँच क्षेत्रका संरचना खाली नहुँदा अन्तरराष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको सडकको का रोकिएको छ। केही दिनभित्रै ‘साइट क्लियर’ गरेर निर्माण व्यवसायीलाई काम थाल्न निर्देशन दिनेछौँ,’ उनले भने। 

धादिङको गल्छीबाट नुवाकोटको विदुर हुँदै चीनसँग जोडिएको रसुवागढी नाका पुग्ने यस सडकलाई राष्ट्रिय प्राथमिकताप्राप्त गौरवको आयोजनाका रूपमा विस्तार गर्न थालिएको छ। नुवाकोटको बजार क्षेत्रका अतिक्रमित संरचना हटाउन ढिलाइ हुँदा १० वर्षसम्म पनि योजनाको काम अधुरै छ। 

विसं २०७२ मा नेपाल सरकार मन्त्रिपरिषद् बैठकले चीन, नेपाल र भारत गरी त्रिदेशीय राजमार्गका रूपमा काम अगाडि बढाउने निर्णय गरेको थियो। यसलाई सबैभन्दा छोटो दूरीको अन्तरराष्ट्रिय राजमार्गका रूपमा निर्माण गर्ने सरकारको योजना छ।