अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक्स्काभेटरसँगै खसेका किशोरको मृत्यु

एक्स्काभेटरसँगै खसेका किशोरको मृत्यु


बाजुरा-बाजुरामा बाटो खनीहरुको एक्साभेटरसँगै खसेका एक जनाको घटनास्थलमै मृत्यु भएको छ। जगन्नाथ गाउँपालिका– ६ का १८ वर्षीय महेश रावलको घटनास्थलमै मृत्यु भएको हो। एक्स्काभेटर अड्किएको ठाउँबाट करिब ३ सय मिटर तल रावलको शव फेला परेको हो।

एक्स्काभेटरसँगै खसेका रावलको शव भीरमा खोज्न र निकाल्न झन्डै ८  घन्टा जति  समय लागेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए ।

‘दुर्घटना आइतबार बिहानको हो,’ शाहीले भने, ‘ तर अफ्ठ्यारो भूगोलका कारण खोज्न र शव निकाल्न निकै समय लागेको थियो।’

रावलतको खोजी गरी शव निकाल्न प्रहरीका साथै कालीकोटको सदरमुकाम मान्मबाट उपसेनानी प्रवीण श्रेष्ठको नेतृत्वमा नेपाली सेनाको टोलीपनि खटिएको थियो।

कर्णाली करिडोर अन्तर्गत कालीकोट र बाजुराको सीमाना क्षेत्र बाजुराको जगननाथ गाउँपालिका – ६  लैफु डाँडामा कर्णाली करिडोर अवरुद्ध भएको भन्ने सूचनाका आधारमा सडकको माटो पन्छाउन एक्स्काभेटर परिचालन गरिएको थियो।

त्यही सडक खण्डमा माटो पन्छाउने क्रममा प्रदेश न. ३०१–००३ क ६३११ नम्बरको एक्स्काभेटर आइतबार बिहान ७ बजेतिर सडकबाट भीर मुनी झन्डै २ सय मिटर तल खसेको थियो ।

एक्साभेटर खस्न लागेपछी चालक हाम फालेर फरार भएका थिए। दुर्घटना पछि भागेका कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका – २ का २५ वर्षीय चालक केशव विष्टलाई प्रहरीले कालीकोटबाट  नियन्त्रणमा प्रहरी निरीक्षक शाहीले बताए।