झापा-झापाको दमक नगरपालिका-९ अडियामलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान करेन्ट लागेर स्थानीय ३८ वर्षीया लिलामाया धिमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब १० बजेतिर आफ्नै घरमा नुहाउनका लागि पानी तान्ने मोटरको स्विच अन गर्दा करेन्ट लागेको हो। करेन्ट लागेर गम्भीर घाइते भएकी धिमाललाई उपचारका लागि दमकस्थित निम्स अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममै बिहान साढे ११ बजे चिकित्सकल उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया